छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गयाे

32

काठमाडाैं ।  काठमाडाैंमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ। गएराति साढे ११ बजे काठमाण्डौको जडीबुटीमा बाग्मती प्रदेश ०२ ०२२ प २६८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-४ का ३५ वर्षका हरिशरण अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

उहाँको उपचारका क्रममा मेडिकल कलेज सिनामङ्गलमा ज्यान गएको हो। यस्तै, काठमाण्डौको वसुन्धारामा बा १९ च ३३०८ नम्बरको भ्यानले बाग्मती प्रदेश ०२ ०४१ प २१०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक सुर्खेत भेरीगंगा नगरपालिका-१० का २७ वर्षका उपेन्द्र बुढाको ज्यान गएको छ। उहाँको गएराति ९ बजे ज्यान गएको प्रहरीले जनाएको छ। अन्तिम अपडेट: चैत २०, २०७९

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here