नेविसंघका नेतामाथि कुटपिट घटना छानबिन गर्न माग

76

काठमाडाैं । नेपाली कांग्रेसले रामपुर कृषि क्याम्पस चितवनमा विज्ञप्ति बुझाउन पुगेका नेविसंघका नेतामाथि क्याम्पस हाताभित्रै कुटपिट भएकोले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति निकालेर कार्यबहाक सभापति विवेक अर्याललाई कुटपिट भएकोले छानबिन गर्न माग गरेका हुन्।

गत चैत १७ गते क्याम्पसमा स्ववियु चुनाव भएको थियो। नेविसंघले भाग लिएको थिएन।

‘नेविसंघ रामपुर कृषि क्याम्पस खैरहनीका का.वा. सभापति एवं स्ववियु सचिव पदका उम्मेदवार विवेक अर्याललाई क्याम्पस हाताभित्रै आक्रमण गरिएको छ र उहाँ गम्भीर घाइते हुनु भएको छ। यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ,’ मुख्यसचिव पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ।

चैत १७ मा प्रहरीको कुटपिटबाट स्ववियु सभापतिका उम्मेदवार आशिष देवकोटा र सुरज यादव गम्भीर घाइते भएको पनि कांग्रेसको विज्ञप्तिमा उल्लेख छ।

उक्त घटनाको यथार्थ छानविन गरी स्ववियु चुनाव रद्द गरी पुन: निर्वाचन गराउन कांग्रेसले माग गरेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here