काठमाडौं । विराटनगरबाट काठमाडौं आइरहेको जहाजभित्र आकाशमै झगडा गर्ने दुई जना यात्रु परे प्रहरीको फन्दामा परेका छन् ।
उनीहरुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रहरीको जिम्मा लगाएको हो । दुर्गालाल श्रेष्ठ र विमलबाबु श्रेष्ठ नाम गरेका दुई यात्रु उडिरहेको विमान भित्र नै झगडा गरेको भिडियो समेत अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ ।
नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगननाथ निरौलाका अनुसार एकै साथ रहेका दुई सिटमा बसेका उनीहरूले जहाजमा झगडा गरेपछि प्राधिकरणले नियन्त्रणमा लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयलाई बुझाएको हो । सामान्य झगडामा त आफैं मिलाउने पनि काम गरिन्थ्यो।
यसमा नियन्त्रणमा लि,एर बुझाएको छ। यहाँबाट मुद्दा नचल्ने भएकाले गौशाला पठाएको नाग,रिक उड्ययन प्राधिकरणका प्रवक्ता जगन,नाथ निरौलाले जानकारी दिए । उनीहरू चिन,जानकै व्यक्ति भएको समेत विमान,स्थल,स्रोत बताउँछ । उनीहरूलाई गैरसैनिक हवाई ऐन, २०१५ अनुसार कारबाही गर्न प्रहरीको जिम्मा लगाइएको हो ।

















