सरकारलाई ‘एक दिन एक परिणाम’का साथ काम गर्न थापाको आग्रह

32

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सरकारलाई ‘एक दिन एक परिणाम’का साथ काम गर्न आग्रह गरेका छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै थापाले उक्त आग्रह गरेका हुन्।

‘न्यूनतम साझा कार्यक्रम आयो सरकारले अब ‘एक दिन एक परिणाम’ भन्ने नाराका साथ प्रत्येक दिन एउटा परिणाम ल्याउने कोसिस गरोस्।।

केही कामहरू इच्छाशक्ति राख्न साथ परिणाम प्राप्त हुन्छ। नियत ठीक भयो भने केही कुराको परिणाम प्राप्त हुन्छ,’ थापाले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here