हलमा कथानक चलचित्र ‘बहाव’ रिलिज 

86

काठमाडौं,

आज शुक्रबारदेखि हलमा सुरक्षा पन्त अभिनीत फिल्म ‘बहाव’ प्रदर्शनमा आएको छ। केही समयअघि यसै मितिमा सुदर्शन थापा निर्देशित फिल्म ‘प्रसाद २’ प्रदर्शन हुने भनिएको थियो। रिलिजको पूर्वसन्ध्यामा निर्माताबीच विवाद उत्पन्न भएपछि फिल्म रिलिज हुन सकेन। अन्य फिल्म रिलिज नहुँदा ‘बहाव’ ले सोलो रिलिजको अवसर पाएको हो। सोलो रिलिज भए पनि फिल्मले मल्टिप्लेक्स हलहरूमा उत्साहजनक शो पाउन सकेको छैन। प्रमोद कँडेल लिखित तथा निर्देशित फिल्मको विषयवस्तु जिज्ञासा, विचार र यथार्थमा आधारित छ।

श्रीधर पौडेलले निर्माण गरेको फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायत कलाकारको अभिनय छ। कार्तिकेय स्मिता कर्नाटकले छायांकन गरेको फिल्मलाई सुजन बडालले सम्पादन गरेका छन्। यो फिल्म स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुतीमा तयार भएको हो। हलमा ‘बहाव’ सँगै ‘छक्का पन्जा ४, भोला, दसरा, जोन वीकः च्याप्टर ४ र डन्जेन्स एण्ड ड्रागन्सः अनर एमङ थिम्स’ प्रदर्शन भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here