काठमाडौँ । मिस लिटिल नेवाः की सहभागी बेदान्सी डंगोलले दोलखामा सिक रुम स्थापना गर्ने भएका छन् । आज एक कार्यक्रमको आयोजना गरी मिस लिटिल नेवाः की सहभागि बेदान्सी डंगोलले दोलखा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर मानन्धरलाई सिक रुप स्थापना गर्न स्वास्थ्य सामग्री हस्तान्तरण गरकी हुन् ।
कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर मानन्धर, नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धर, समाजसेवी सुरबहादुर श्रेष्ठ, पत्रकार त्रिलोचन प्रधान, मिस नेवाः कृषा महर्जन, सलिना महर्जन, मिस लिटल नेवाः तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।
बिगत १५ बर्षदेखि कला धर्म संस्कृति लगायत मिस नेवाः तथा मिस लिटल नेवाः हरुलाई आफ्नो ब्यक्तित्व बिकास सिकाउदै आएको नेप्लिज फेशन होमले समाजसेवा पनि सिकाउदै आएको छ र समाजसेवा गर्नु पर्छ र समाजसेवाबाट मात्र मानवसेवा हुन्छ भनेर पनि सिकाउदै आएको छ ।
समाजसेवा गर्दा दिने र पाउने दवै खुशी हुने भएकाले समाजसेवा जस्तो अरु ठूलो सेवा र खुशी अन्त नमिल्ने फेशन होमकी अध्यक्ष हेमा मानन्धरले बताउनु भयो ।
नेप्लिज फेशन होमले आफ्ना नानी बाबूहरुलाई समाजसेवा गर्न र समाजप्रतिको आफ्नो कर्तव्य पूरा गर्न मिस नेवाः र मिस लिटिल नेवाः का प्रतिस्पर्धी नानीहरुलाई समाजसेवा गर्न प्रेरणा दिदै सिकाउदै आएको छ ।
मिस लिटिल नेवाः कि प्रतिस्पर्धी बेदान्सी डंगोलले स्वास्थ्य सामग्रीका साथै केहि थान सुइटर समेत हस्तान्तरण गरेका छन् ।


















