राष्ट्रपति अल्वीले संसदमा पारित गरेको विधेयक फिर्ता लिनु अत्यन्तै दुर्भाग्यपूर्ण

50

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले सर्वोच्च अदालतको विधेयक फिर्ता गरेकोमा राष्ट्रपति आरिफ अल्वीको आलोचना गरेका छन्।

प्रधानमन्त्री सरिफले सामाजिक सञ्जालमार्फत् राष्ट्रपतिको आलोचना गरेका हुन्।

शहबाज शरीफले ट्वीटमा लेखेका छन्, ‘राष्ट्रपति अल्वीले संसदमा पारित गरेको सर्वोच्च अदालतको विधेयक फिर्ता लिनु अत्यन्तै दुर्भाग्यपूर्ण छ। पिटिआई कार्यकर्ताले जस्तो व्यवहार गरेर उनले यस प्रतिष्ठित कार्यालयको अपमान गरेका छन्। उनी संविधान र आफ्नो कार्यालयको जिम्मेवारी भन्दा इमरानप्रति समर्पित छन्।’

 

यो विधेयकमार्फत् प्रधानन्यायाधीशको अधिकार घटाइएको छ।

यसैबीच, पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पिटिआईले यो विधेयकको कडा विरोध गर्दै यसलाई न्यायपालिकामाथि आक्रमण भएको बताएको छ।

यो विधेयक गत महिना दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो।

पाकिस्तानमा अहिले सत्तारूढ गठबन्धन र पिटिआईबीच तनाव छ। इमरान खानविरुद्ध ८० भन्दा बढी मुद्दा दर्ता छन् र अदालतमा सुनुवाइ चलिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here