सलमान खानलाई ‘क्लिन चिट’

36

मुम्बई ।  पत्रकारलाई कुटपिट गरेको मुद्दामा बाँम्बे उच्च अदालतले अभिनेता सलमान खानलाई ‘क्लिन चिट’ दिएको छ। सन् २०१९ मा सलमान खानविरूद्ध कुटपिटको मुद्दा दायर भएको थियो।

४ वर्षपछि उनले राहत पाएका हुन्। उनीसँगै बडिगार्डले पनि ‘क्लिन चिट’ पाएका छन्।

अदालतले आफ्नो फैसलामा भनेको छ, ‘न्यायीक प्रक्रिया मतलब नभएको ‘हेरेसमेन्ट’ मुद्दाको बाटो हुनु हुँदैन। किनभने आरोपी सेलिब्रिटी पनि हुन्।’

सन् २०१९ मा पत्रकार अशोक पाण्डेले सलमान र उनको बडिगार्ड नवाज शेखविरूद्ध धम्की र कुटपिटको आरोप लगाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here