ॐ माता मनकामना जेनि ट्रस्ट समाज सेवामा निरन्तर अग्रसर

68

काठमाडौ ।  ॐ माता मनकामना जेनि ट्रस्ट नेपालका अध्यक्ष जेन्नि श्रेष्ठले लक्ष्मीनारायण धाम ः बुढिगण्डकी बृद्दाआश्रमका संचालिका कोपिला भुजेललाई बृद्दाआश्रमलाई ५० बोरा चामल हस्तान्तरण गरेको छ ।

ॐ माता मनकामना जेनि ट्रस्ट नेपालका अध्यक्ष जेन्नि श्रेष्ठले लक्ष्मीनारायण धाम ः बुढिगण्डकी बृद्दाआश्रमका संचालिका कोपिला भुजेललाई बृद्दाआश्रमलाई ५० बोरा चामल हस्तान्तरण गर्दै

प्रत्येक महिनामा २० र देखि ३० बोरा चामल सेवा सहयोग गर्ने बाचा अनुरुप ५० बोरा चामल मार्फत हस्तान्तरण गरिएको थियो । करिब २२ बाइस महिना देखि ॐ माता मनकामना शक्तिशाली दियो अभियानका साथै ॐ माता मनकामना जेनि ट्रस्टको समाज सेवा अभियान समेत जारी राखेका छन् । समाजमा कोही भोका नांगा भई मृत्यवरन नपरोस् भन्ने हेतुले मानवीय सेवामा समेत जारी राखेको सो संस्थाका संयोजक रामकुमार खड्गीले जानकारी गराए ।

ॐ माता मनकामना जेनि ट्रस्ट विगत २ बर्ष देखि मानवता सेवा नै सबै भन्दा ठूलो धर्म ठानेर सामाज सेवामा समेत अग्रसर रहेको यस संस्थाले गत चैत्र एक गते  सुन्दरीजल वडा नम्बर एकमा रहेको  दृष्टिबिहिन आमा तथा बृद्वा आश्रम दृष्टिबिहिन आमाघर नयाँ पाटी पुरानो फेब्रिकल्चरका अध्यक्षलाइ टेक बहादुर मगरलाइ  नयाँ टहरा बनाउन गत चैत ७ गते करिब ५ हजार आर्थिक सहयोग हस्तातरण गरेको छ ।

 दृष्टिबिहिन आमा तथा बृद्वा आश्रम दृष्टिबिहिन आमाघरका अध्यक्ष टेक बहादुर मगरलाइ  नयाँ टहरा बनाउनकरिब ५ हजार आर्थिक सहयोग हस्तातरण गर्दै

साथै ॐ माता मनकामना जेनि ट्रस्टबाट प्रत्येक महिनामा आशनबाट करिब १३ बोरा चामल हस्तातरण गरिने निर्णय गरेपछि हृदयदेखि सो संस्थालाइ धन्यवाद दिदै  हामी जस्ता दृष्टि बिहिनलाइ पनि दया माया करूणा भावबाट सहयोग गर्नु भएकोमा हार्दिक आभार प्रकट गर्दै बृद्वाश्रम भ्रमण गर्न आह्वान समेत गरेको थियो ।

यस  ॐ माता मनकामना शक्तिशालि दियो अभियान दियो अभियान जेष्ठ २ गते २०७८ गते निरन्तर रुपमा जारी अहिलेसम्म जारी रहेको छ ।

 

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here