प्रधानमन्त्री प्रचण्ड बालकोट बैठकमा अनुपस्थित

56

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँले बोलाएको बालकोट बैठकमा अनुपस्थित भएका छन्। आइतबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीनिवास बालकोटमा बस्ने भनिएको बैठकमा प्रधानमन्त्री प्रचण्ड स्वयं अनुपस्थित भएका हुन्। उक्त बैठक प्रधानमन्त्री प्रचण्ड आफैँले बोलाएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले जानकारी दिए।

आज  बिहान ९ बजे  प्रमुख प्रतिपक्षी दलको नेतासमेत रहेका अध्यक्ष ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितको शीर्ष नेताहरूको बैठक बस्ने तय भएको थियो। तर, बैठकका लागि भनेर सभामुखसहित  एमाले नेताहरू सबैजना समयमै  बालकोट पुगिसकेका थिए। तर, प्रधानमन्त्री प्रचण्डले ९ः२० तिर आज बैठक बस्न नसक्ने जानकारी गराएको बर्तौंलाले जानकारी दिए।

बैठकमा प्रचण्ड र देउवा अनुपस्थित रहेको उनले बताए। सचेतक बर्तौंलाले संसदमा विचाराधीन विधेयक, संयुक्त समिति निर्माणलगायत  विषयमा शीर्ष नेताहरूबीच छलफल गर्ने कार्यक्रम थियो।

एमालेले प्रमुख प्रतिपक्षी दल छलफल तथा सम्वादका लागि तयार रहे पनि सरकारकै नेतृत्व भने  आफैँले बैठक बोलाएर बैठकप्रति उदासीन हुनु र  छलफल सम्बादलाई  प्राथमिकता नदिनु दुःखद् विषय भएको टिप्पणी गरेको छ।

‘उहाँहरू देशका सामु उभिएका  ज्वलन्त मुद्दाहरूलाई निष्कर्षमा  पुर्‍याउन सकारात्मक हुनुहुन्न र प्रचार एउटा गर्ने अनि काम चाहिँ अर्कै गर्दै छन् भन्ने कुरा यसले पनि प्रष्ट गराउँछ। आजको यो  बैठक प्रधानमन्त्री स्वयं ले नै बोलाउनुभएको थियोे,’ बर्तौंलाले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here