नेपाल वायुसेवा निगमले तीनवटा  साना जहाज खरिद गर्ने

52

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नै आन्तरिक स्रोतबाट तीनवटा  साना जहाज खरिद गर्ने भएको छ। निगमका प्रवक्ता रमेश पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै दुर्गम क्षेत्रका जनताको मागलाई सम्बोधन गर्न र हवाई कनेक्टिभिटी बढाउन दुर्गम क्षेत्रमा उडान भर्न सक्ने तीनवटा साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढाउने निर्णय भएको जानकारी दिए।

यसका लागि निगम व्यवस्थापन उपसमितिले आफ्नो प्रतिवेदन पेश गरिसकेको र वरिष्ठ क्याप्टेन सुधीर समशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको उनले बताएका छन्।

उक्त उपसमितिले आफ्नो कामसमेत अगाडि बढाइसकेको छ। नयाँ जहाज खरिदले पर्यटन प्रवर्द्धन हुने, निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडा दर सुपथ हुने निगमको विश्वास रहेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here