समृद्ध नेपाल निर्माणमा ऊर्जाको महत्व र प्रवासी नेपालीको भूमिका

225

टोकियो / नेपाल सरकारका ऊर्जा,जलस्रोत तथा सिचाईमन्त्री बर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसंग समृद्ध नेपाल निर्माणमा ऊर्जाको महत्व र प्रवासी नेपालीको भूमिका विषयमा बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

मन्त्री पुन र उज्यालो नेपाल अभियानका अभियान्ता तथा प्राधिकरणका निर्देशक घिसिङसंग जापानबासी नेपालीहरूबीच भेटघाट तथा अन्तक्रिया कार्यक्रम यहि आउँदो सेप्टेम्वर २४ तारिख मंगलवार साँझ ६ बजे नेरिमा कल्चर सेन्टरको सभा हलमा हुने जनाएको छ ।

जाईकाको औपचारिक कार्यक्रममा जापान आउन लाग्नु भएका मन्त्री पुन र निर्देशक घिसिङ सेप्टेम्वर २४ को १२ वजे ओसाका विमानस्थल हुँदै ५ जनाको टोली टोकियो आउने कार्यक्रम रहेको आयोजक सदस्य बावुराम पौडेलले जानकारी दिनुभयो ।

सम्बोधन,प्रत्यक्ष अन्तर्क्रिया र मोटिभेसन कार्यक्रममा उपस्थित भै नयाँ नेपालको निति तथा योजना सम्बन्धी जानकारी लिन सम्पूर्ण जापानबासी नेपाली समुदायमा आयोजक सदस्य बावुराम भण्डारीले अनुरोध गर्नु भएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रम प्रवासी नेपाली एकता मञ्चले नि शुल्क प्रवेश हुने गरि ब्यवस्था गरेको कार्यक्रम संयोजक मोहन पौडेल जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here