टोकियो / जापानमा एक नेपालीको उपचारकै क्रममा निधन भएको छ ।
बाग्लुङ जिल्ला घर रोजगारीका क्रममा जापानमा रहेका ४१ बर्षिय गंगा थापाको गत आइतबार दिउँसो निधन भएको हो ।बाग्लुङ गल्कोट नगरपालिका वडा नं ७, मल्म स्थायी घर रहेका थापा विगत १४ वर्ष देखी जापानमा बसोबास गर्दै आएका थिए ।
थापाको उपचारको क्रममा निधन भएको परिवार श्रोतले जनाएको छ । उनी जण्डिस रोगको उपचारका लागि हस्पिटल भर्ना भएका थिए । उनको २ हप्ताअघि उएनोस्थिट रेष्टुरेन्टमा काम गर्दैगर्दा एक्कासी बेहोस् भएपछि सिन्जुकु स्थित हस्पिटल ल्याइ उपचार भैरहेको थियो ।
जापानको सिन्जुकुमा बस्दै आएका उनको दाहसंस्कार जापानमा नै गरिने भएको छ । मृतक थापाका एक छोरा, एक छोरी र श्रीमति छन् ।
थापानको अन्तिम दाहसंस्कार यही सेप्टेम्बर १८ तारिखका दिन गरिने भएकाले उपस्थितिका लागि सम्पुर्ण जापानबासी दाजुभाई दिदी बहिनीहरुलाई परिवारजनले आग्रह समेत गरेका छन् ।


















