काठमाडौं / आजदेखि कक्षा १२ को परीक्षा सुरु भएको छ । परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागी छन् ।
मुलुकभरका परीक्षा केन्द्रहरुमा पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको हो । राष्ट्रिय परीक्षा बोर्डले एकैपटक समय तालिका प्रकाशित गरेर कक्षा ११ र १२ को परीक्षा संचालन गरेको हो । दुवै कक्षाबाट गरी ९ लाख ३६ हजार ५ सय ४६ परीक्षार्थीले परीक्षा दिंदैछन् ।
बैशाख २९ गतेबाट सुरु हुने कक्षा ११ को परीक्षामा ५ लाख ८ हजार ४ सय ९४ विद्यार्थी सम्मिलित हुन लागेका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। दुवै कक्षामा गरी ४ लाख ९३ हजार ५ सय ४९ जना छात्रा र ४ लाख ४२ हजार ९ सय ९७ छात्रले परीक्षा दिंदैछन्। मुलुकभरका ४ हजार एक सय ३७ विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी भएका हुन्।
















