२४ घण्टा नबित्दै पूर्वप्रम स्व.मरिचमान सिंह श्रेष्ठको नामबाट चोकको नामाकरण गरेर राखेको बोर्ड हटाइयाे

123

सल्यान । जिल्लामा पूर्वप्रधानमन्त्री स्व.मरिचमान सिंह श्रेष्ठको नामबाट चोकको नामाकरण गरेर राखेको बोर्ड २४ घण्टा नबित्दै हटाइएको छ। जिल्लाको शारदा नगरपालिका १ श्रीनगर स्थित सल्यान खलंगा र रुकुम जाने सडकको चोकमा पूर्वप्रधानमन्त्री स्व. मरिचमान बोर्ड राखेर मरिचमान चोक नामाकरण गरिएको थियो।

जिल्ला प्रशासन कार्यालय र शारदा नगरपालिकाको सहमतिमा मरिचमान चोक नामाकरण गरी मरिचमानको र्बोड राखेपनि राखेको २४ घण्टा नबित्दै प्रहरीले हटाएको समृद्ध सल्यान निर्माण अभियानका संयोजक ध्रुवराज वलीले जनाए । राजनीतिक चलखेलकै कारण चोकमा राखिएको मरिचमानको र्बोड हटाइएको उनको आरोप रहेको छ। उनले भने, ‘जिल्ला प्रशासन र शारदा नगरपालिकासँग समन्वय र सहकार्य गरेर नै बोर्ड राखेका हौँ, तर के कारण बोर्ड हटाइयो अहिलेसम्म थाहा पाउन सकेका छैनौं। सायद राजनीतिक कारण हो की?’

चोकमा बोर्ड राख्दा दुर्घटना राख्दा सवारी दुर्घटनाको जोखिम हुने भएकाले हटाइएको प्रहरीको भनाइ छ। स्थानीय तहबाट मात्र सिफारिस नभइ सडक विभाग र केन्द्रीय सरकारसँग शालिक निर्माण गर्न सहमतिपत्र ल्याउनु पर्नेमा नियमअनुसार नभएकाले बोर्ड हटाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here