आज बिहान सात वर्षीया बालिका मृत फेला

25

बैतडी । जिल्लामा आज बिहान सात वर्षीया एक बालिका मृत फेला परेकी छिन्। मृत फेला पर्नेमा जिल्लाको  पाटन नगरपालिका-४ पलेटाका रामबहादुर चन्दकी  ७ वर्षीया छोरी ललिता चन्द रहेकी बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

हिजो दिउँसो बाख्रा चराउन गएकी ललिता घर नफर्केपछि खोजतलास गर्दा आज बिहान मगरौखोलामा मृत फेला परेकी हुन्।  ललिताको मृत्युको कारण खुलेको छैन।

प्रहरीको  टोली  घटनास्थल पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here