राष्ट्रघातीलाई पृथ्वीनारायणको सन्देश

247

        निमकान्त पाण्डे

पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता मान्न किन कञ्जुस्याइा ?

नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको सम्झनामा गत पुस २७ गते राष्ट्रिय एकता दिवस मनाइएको छ । हुन त पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेको नाममा उनका उत्तराधिकारी बन्दै शाहवंशका धेरैले नेपाल राष्ट्रकै स्वामित्व ग्रहण गरे । परन्तु कुनै पनि उत्तराधिकारीले एकीकरणका नायक पृथ्वीनारायण शाहको पथलाई पछ्याउन सकेको पाईदैन । त्यही कमजोरीका कारण राजसंस्था नेपालका लागि इतिहासको विषय बन्न पुगेको छ भन्दा फरक नपर्ला ।
पहाडी राज्य गोरखामा राजा नरभूपाल शाह तथा रानी कौशल्यावतीको कोखबाट वि.सं. १७७९ पौष २७ गते बिहीबार जन्मिएका उनको जन्मदिनलाई नै राष्ट्रिय एकता दिवसका रुपमा मनाउने गरिएको हो । साना राज्य रजौटामा बााडिएको बाइसे तथा चौबीसे राज्यहरुलाई एकत्रित गरी सिंगो नेपाल निर्माण गरेका कारण उनलाई आधुनिक नेपालको राष्ट्रनिर्माताको सम्मान दिइएको हो । तत्कालीन अवस्थामा विश्वका शक्तिशाली शासक राज्य विस्तारमा लागेका बेला गोरखाबाट सुरु भएको राज्य विस्तारको महत्वाकांक्षाले एउटा विशाल नेपालको रचना भएको थियो । पृथ्वीनारायण शाहले सुरु गरेको एकीकरण अभियानले नेपालको सिमाना पूर्वमा टिष्टा तथा पश्चिममा किल्ला काागडासम्म विस्तार भएको थियो । १८औं शताब्दीमा उनले सुरु गरेको राज्य विस्तारको अभियानले त्यतिबेला पश्चिमाहरुलाई परास्त गर्दै सफलता हासिल गरे । अहिले २१औं शताब्दीसम्म आइपुग्दा समेत एकीकरणका क्रममा उनको भूमिका तथा राज्य विस्तारका लागि खेलेको चतुर्‍याइा र कूटनीति निकै दूरदृष्टिपूर्ण र प्रशंसायोग्य मानिन्छ ।
पृथ्वीनारायण शाह राज्य विस्तारमा मात्र नभएर नेपालको संस्कृति र परम्पराको जगेर्नाका लागि पनि उत्तिकै सचेत थिए भन्ने कुरा त्यतिबेलै नेपालको संस्कृतिमाथि धावा बोल्न खोज्ने पश्चिमा पादरीलाई देश निकाला गरेको घटनाबाट पुष्टि हुन्छ । तर त्यतिबेला उनीसाग रुष्ट बनेका केही पश्चिमा लेखकहरुले उनका बारेमा गलत धारणा बनाउादै गलत प्रचार गर्ने काम गरे । कतिपयले उनलाई गलत देखाउन पुस्तक लेख्ने कामसमेत गरे । पुस्तकमार्फत पश्चिमाहरुले सामान्य घटनालाई पनि असुहाउादो ढंगले व्याख्या गरेर पनि लेखे । पछिल्लो समय तिनै पश्चिमाहरुलाई पछ्याउादै नेपाली कथित बुद्धिजीवी तथा लेखकहरुले पृथ्वीनारायण शाहका बारेमा गलत प्रचार गर्न थालेका छन् । यसबापत उनीहरुले दाताबाट राम्रै सहयोग पनि पाइरहेका होलान् !
वर्तमान व्यवस्थाको आाखाबाट हेर्दा त्यतिबेला पृथ्वीनारायण शाहका पनि कतिपय कमीकमजोरी अवश्य थिए । तर, उनका गल्ती कमजोरीलाई देखाएर उनले गरेका राम्रा कामलाई समेत छायाामा पार्न निकै प्रयास भइरहेको छ । यसका लागि कथित बुद्धिजीवीहरु नै सक्रिय भइरहेका छन् । उनको इतिहासलाई कमजोर बनाउनका लागि कतिपय राजनीतिक दलहरुसमेत दिलो ज्यान दिएर लागिरहेका छन् । राजतन्त्रको अन्त्यसागै पृथ्वीनारायण शाहको उपादेयतासमेत सकिएको कतिपयको बुझाइ छ । २०६३ पछि उनको जन्मदिनका दिन पुस २७ मा मनाउादै आइएको राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा दिइने विदा कटौती गर्नु र उनका बारेमा गलत प्रचार सुरु गर्नु यसैको उपज हो । हालै शेरबहादुर देउवा नेतृत्वको सरकारले उनको जन्मदिनका अवसरमा सार्वजनिक विदा दिने र उनको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने निर्णय गरेको छ । यो एउटा सकारात्मक प्रयास भएको मान्नु पर्दछ ।
नेपालको इतिहासाग जोडिएको पृथ्वीनारायण शाहको इतिहासलाई मेटाउन खोज्नुका पछाडि धेरै ठूला खेलहरु देखिन्छन् । यसको सामान्य उदाहरण माओवादी आन्दोलनपछि मुलुकलाई धर्मनिरपेक्ष बनाउने नाममा नयाा धर्मको प्रवद्र्धन गर्दै परम्परागत धर्म र संस्कृतिलाई अवमूल्यन गर्ने, परम्परागत भाषा, भेषभूषा तथा समग्र नेपालको नाम, झण्डा र राष्ट्रिय जनावरको समेत परिवर्तनका लागि भएका प्रयासलाई हेरे पुग्छ । कतिसम्म भने नेपालको परम्परागत धर्मसंस्कृतिको विरोध गर्ने दल तथा संघसंस्था एवं बुद्धिजीवीहरुले कुनै अमुक धर्मको प्रचारमा जुटेको देखियो । यसमा माओवादीको आवरणमा रहेका केही उच्चस्तरीय नेताहरुको समेत संलग्नता देखियो । अहिले पनि भाडाका बुद्धिजीवीहरु नेपालको इतिहास र परम्पराका विरुद्ध लेख्ने र बोल्ने काम गरिनै रहेका छन् । उनीहरुले नै पृथ्वीनारायण शाहको पनि विरोध गर्ने गर्छन् ।
एकीकृत नेपालको इतिहास, परम्परा, धर्म, संस्कृति र राष्ट्रियताको विषय कहीा न कतै पृथ्वीनारायण शाहसाग जोडिएको छ । राजतन्त्र जनताबाट अस्वीकृत भइसकेको बहानामा पृथ्वीनारायण शाहलाई समेत त्यही टोकरीमा राखेर मिल्काउन सकिन्छ भन्ने आशयले पछिल्ला केही वर्षमा उनका बारेमा विभिन्न गलत अफवाह फैलाउने प्रयास भइरहेको छ । जुन नेपालको परम्परागत इतिहासलाई मेटाउने उद्देश्यले आएको खतरनाक डिजाइन हो । पृथ्वीनारायण शाहको विरोध गर्नेहरुको तर्क छ, उनले भौगोलिक एकता गरे तर सामाजिक एकता गर्न सकेनन् । उनीहरुको यो तर्क निकै कमजोर देखिन्छ, किनभने पृथ्वीनारायण शाहले नेपाल एकीकरणको महायात्रामा भौगोलिक पक्षलाई मात्र जोड दिएका थिएनन् । उनले भौगोलिकसागै सामाजिक र भावनात्मक एकतासमेत कायम गरेका थिए । नेपाल ४ वर्ण र ३६ जातको फूलबारी हो भन्ने उनको वाणी यसको प्रष्ट उदाहरण हो । उनले भावनात्मक र सामाजिक एकता कायम गरेका थिए भन्ने कुरा नेपाल फरक धर्म, फरक संस्कृति, फरक भाषा, फरक परिवेश र फरक भूगोलका मानिसबीचको सद्भावबाट समेत पुष्टि हुन्छ । हाम्रै छिमेकी मुलुक भारत वर्षाैंदेखि धार्मिक तथा जातीय द्वन्द्वको शिकार हुादै आएको छ । उत्तरतिरको छिमेकी चीनमै पनि विगुर मुसलमान समुदाय तथा अन्य चिनियााबीचमा पटकपटक द्वन्द्व हुादै आएको छ । दक्षिण एशियामै पनि सम्भवत: नेपाल मात्रै यस्तो मुलुक होला, जहाा फरक फरक अस्तित्व हुादा पनि कुनै धार्मिक तथा जातीय हिंसा भएका छैनन् । फरक फरक समुदायका मानिसबीचको आपसी सद्भाव र एकताभन्दा ठूलो भावनात्मक एकता अरु के हुनसक्छ ? यसको जवाफ पृथ्वीनारायणको विरोध गर्नेहरुले दिन सक्दैनन् ।
इतिहासकारहरु पृथ्वीनारायणको नेपाल एकीकरणको उद्देश्यलाई युगको मागका रूपमा व्याख्या गर्छन् । माओवादी केन्द्रका विदेश विभाग संयोजक लक्ष्मण पन्तले हालै सार्वजनिक गरेको आधुनिक नेपालको इतिहास नाम पुस्तकमा लेखेका छन्, ‘सिङ्गो भारत र हिमाली क्षेत्रलाई एकगाास बनाउन कम्मर कसेर लागिपरेको इष्ट इण्डिया कम्पनीको षड्यन्त्रलाई ध्वस्त बनाएर एउटा बलियो नेपाल राष्ट्रको जग बसाल्ने पृथ्वीनारायण शाहले नेतृत्व गरेको गोर्खाली सैन्य अभियानलाई एकीकरण नभएर फगत फौजीकरणको संज्ञा दिने कथित इतिहासलेखकहरु र बुद्धिजीवीहरुको बुद्धि देखेर टीठ लाग्छ !’
उनले अगाडि लेखेका छन्, ‘आफूलाई नेपाली इतिहासका लेखक भन्नेहरुलाई यति अवश्य पनि हेक्का हुनु पर्दछ कि चाहे प्राचीन रोमन साम्राज्य होस् वा मेसोपोटामियाको साम्राज्य ! चाहे मध्ययुगीन ओटोमन साम्राज्य होस् वा मङ्गोल वा मुगल साम्राज्य नै किन नहोस् ! अथवा चाहे आधुनिक अंग्रेज साम्राज्य होस् वा गोरखा साम्राज्य नै किन नहोस् ! इतिहासमा सबै साम्राज्य तथा राज्यहरु मूलत: युद्धबाट नै निर्माण भएका थिए, बाकसमा भोट खसालेर निर्माण भएका होइनन् ।’
पृथ्वीनारायण शाह १८औं शताब्दीमा पनि कति दूरदर्शी थिए भन्ने कुरा उनका दिव्योपदेश हेरे मात्र पुग्छ । उनले आफ्नो उपदेशमा भनेका छन्, ‘उप्रान्त देशका महाजनलाई गोड प्रसाह देषि उभो आउन नदिनु. देशका महाजन्हरु हाम्रा मुलुकमा आया भन्या दुनिाञां कंगाल गरि छाड्दछन् हामीले च्यागापांगां लाई तिन सहर नेपाल र नौलाष् किरायत र हिन्दुपतिको राज आज्र्यथ्येऊ देसका कपरा लगाउनलाई मह्नाई गरिदिनु । आफ्ना देसका कपरा बन्न जान्न्यालाई नमुना देषाई सघाउनु र बन्न लाउनु र यस्व भया नगद देस जादैन ।’ अर्थात् उनले त्यतिबेलैदेखि विदेशीलाई नेपालमा खेल्न नदिनु भनेर भनेका थिए । आज नेपाल विदेशीहरु खेल्ने बफर जोन बनेको छ र उनले भनेजस्तै मुलुक कंगाल बनिरहेको छ । उनले स्वदेशमै कपडा उत्पादन गर्नू, यसले नगद बाहिर जाादैन भनेका थिए । जुन निकै दूरदर्शी कुरा थियो, जब कि हामीले हामीसाग रहेका कपडा उद्योगसमेत बन्द गराइदिादा आज लत्ताकपडाको नाममा वार्षिक अर्बाैं रुपैयाा बाहिरिइरहेको छ । पृथ्वीनारायण शाहभन्दा धेरै पछि स्वदेशी कपडा लगाउन प्रेरित गर्ने महात्मा गान्धीलाई भारतले राष्ट्रपिता भनेर सम्मान गरिरहेको छ, परन्तु हामी अझै पनि पृथ्वीनारायणकै आलोचनामा समय बिताइरहेका छौं । उनको उपदेशमा भनिएको छ, आफ्नो देसको जिनीस् जरिबुटि देस लैजानु र नगद षैचनु .नगद षैचि राषनु र प्रजा मोटा भया दर्बार बलियो रहन्छ. राजाका भंडार भन्याका रैतानहरु हुन्.’ उनले सामन्ती चिन्तनका साथ आफ्ना अभिव्यक्ति प्रकट गरेका भए पनि उनीमा देशभक्ति कति थियो भन्ने कुरा स्पष्ट हुन्छ । उनले भन्न खोजेको नेपाल प्राकृतिक स्रोत र साधनले परिपूर्ण छ, यहााका जडीबुटी विदेश निर्यात गरेर पनि हामीले हाम्रो अर्थतन्त्रलाई बलियो बनाउन सक्छौा भन्ने थियो । राज्यमा प्रजा मोटो हुनु भनेको दर्बार बलियो हुनु हो भन्नुको अर्थ त्यति बेला पनि उनी जनताप्रति निकै जिम्मेवार थिए भन्ने स्ष्ट हुन्छ ।
जनताको अधिकारका लागि भन्दै २१औं शताब्दीमा नेपालमा चिनियाा र रसियन क्रान्तिको सिको गर्दै आन्दोलनहरु भए, जब कि १८औं शदाब्दीमै मुलुक र जनताको समृद्धिको परिकल्पना गर्ने पृथ्वीनारायण शाहलाई निरन्तर गलत सावित गराउन खोजिादै छ । यसले नेपालको भूमिमा समृद्धि र विकासका नाममा भइरहेका फगत आन्दोलनहरु कसको स्वार्थका लागि भइरहेका छन् भन्ने कुरा बुझ्न कठिन छैन ।
जर्मनका कार्लमाक्स, रुसका लेनिन, स्टालिन, चीनका माओ र भारतका महात्मा गान्धी तथा समाजवादी आन्दोलनप्रति नेपालका राजनीतिक दल र नेताहरुमा सधैं उच्च सम्मान भइरहादा आफ्नै देशमा जन्मिएका दूरदर्शी र एकताका प्रतीक पृथ्वीनारायण शाहप्रति थोरै सम्मान पनि नहुनु निकै दु:खद पक्ष हो । यसले नेपालमा पछिल्लो समय भएका राजनीतिक घटनाक्रम र राजनीतिक नेतृत्व नेपालको माटो सुहाउादो छैन भन्ने पुष्टि गर्दै आएको छ । नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहप्रतिको अपमान र नेपालको मौलिकताप्रति निरन्तर हमला भइरहादा राजनीतिक नेतृत्व त्यसको साक्षी भइरहनु र पक्षपोषण गर्नुले यही कुरा संकेत गर्दछ ।
अन्त्यमा नेपाल आफैमा यस्तो भूमि हो, जसलाई विकासका नाममा अमेरिका वा यूरोपसाग प्रतिस्पर्धा गर्नु छैन । नेपालको विशेषता भनेकै यहााको मौलिकता, प्राकृतिक सुन्दरता र आपसी एकता हो । यसलाई विखण्डन गरेर ल्याइएको कुनै पनि विकास र समृद्धि नेपाल र नेपालीको हितमा हुन सक्दैन ।
पछिल्लो समय परिवर्तनका नाममा आपसी एकता र सद्भावलाई भड्काउने जुन प्रयास भइरहेका छन्, यसले नेपाललाई विकास होइन बरु हिंसातर्फ धकेलिरहेको छ । यसले नेपालमा जातीय, धार्मिक, सांस्कृतिक र क्षेत्रीय हिंसातर्फ मुलुकलाई उन्मुख गराइरहेको छ । सामाजिक सद्भावका लागि विश्वमै उत्कृष्ट मुलुकका रुपमा दरिएको नेपाललाई हिंसातर्फ धकेल्नका लागि ल्याइने जुनसुकै विकासका मोडल नेपालको पक्षमा हुन सक्दैनन् । यसले पृथ्वीनारायण शाहले निर्माण गरेको अखण्ड नेपालको भावनामाथि प्रहार गर्छ ।
राज्यको दोहन गर्नु हुादैन भन्ने मान्यता राख्ने पृथ्वीनारायणलाई गलत देख्नेहरुले जसरी हुन्छ राज्यको दोहन गरेर व्यक्तिगत स्वार्थ पूरा गरिरहेका छन् । विकासको कोरा सपना देखाएर राज्यको निरन्तर दोहन गर्ने राजनीतिक नेतृत्व कहिले पनि मुलुकप्रति बफादार हुन सक्दैन । त्यस्तो नेतृत्वमा जहिले पनि मुलुकलाई फुटाएर, लुटेर वा हिंसा भड्काएर व्यक्तिगत स्वार्थसिद्ध गर्नु एउटै मात्र लक्ष्य रहेको हुन्छ । यस्तो प्रवृत्ति वर्तमान राजनीतिक नेतृत्वमा देखिादै आएको छ ।
मृत्युको अन्तिम क्षणमा पुग्दासमेत मुलुकको भूराजनीतिक अवस्था, सामाजिक जीवन, प्रतिरक्षा र विकासका सन्दर्भमा उपदेश दिने पृथ्वीको योगदानलाई मुलुकप्रति गैरजिम्मेवार नेतृत्व तथा कथित बुद्धिजीवीले अपव्याख्या गर्ने अधिकार र हैसियत छैन । उनी तत्कालीन नेपालका लागि निर्विकल्प थिए र उनको इतिहास अहिले पनि उत्तिकै समसामयिक र महत्वपूर्ण छ । बरु त्यसलाई पछ्याउने आाट न उनका उत्तराधिकारीले गरे न त वर्तमान राजनीतिक नेतृत्वले गर्न सकिरहेको छ । ‘नेपाल दुई ढुंगाबीचको तरुल हो’ भनेर नेपालको भौगोलिक अवस्थालाई पृथ्वीनारायणले चित्रण गरेका थिए । आजका राजनीतिक नेताहरु त्यो नीतिप्रति बेवास्ता गर्दै एउटा कुनै देशतिर टाासिएर त्यही देशको रैतीका रुपमा आफूलाई प्रस्तुत गरिरहेका छन् । यही कारणले गर्दा नै नेपालको विकास पनि हुन सकेको छैन र आर्थिक समृद्धिको बाधक पनि नेताहरुको यही चिन्तन बनिरहेको छ । आगे नेताजीहरुलाई चेतना भया !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here