पहेँलो धातु सुनको मूल्य बढ्याे

29

काठमाडौं । नयाँ वर्ष (२०८० साल)को पहिलो कारोबार दिनदेखि स्थिर रहेको पहेँलो धातु सुनको मूल्य आज (बुधबार) भने बढेको छ। बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तोलामा ३०० रुपैयाँले बढेपछि बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ३०० रुपैयाँ पुगेको छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा २५० रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ७५० रुपैयाँ पुगेको छ।

यसअघि मंगलबार भने छापावाल सुन प्रतितोला १ लाख १० हजार र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

बुधबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर प्रतितोला १ हजार ४४५ रुपैयाँ पुगेको छ। यसअघि मंगलबार चाँदी प्रतितोला १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here