मानवअधिकार आयोगको ध्यानाकर्षण

16

काठमाडाैं । मिटरब्याजे साहु र लघु बित्तको घोर अन्यायपूर्ण क्रूर शोषणमा परेका आन्दोलनरत किसानहरुको शान्तिपूर्ण धर्ना र बिरोध प्रदर्शन कार्यक्रममाथि शान्तिबाटीका रत्न पार्कमा सबै ढोका थुनेर अशाान्ति मच्चाउँदै गरिएको निर्मम प्रहरी दमनको हामी जिम्मेवार ४ किसान संगठन तीब्र निन्दा र भत्र्सना गर्दछौं । यसबाट जनताले शान्तिपूर्णरुपमा प्रदर्शन, धर्ना जुलुश बिरोध गर्न पाउने संबिधान प्रदत्त मौलिक हकको धज्जी उडाइएको तथा यस्ता गतिबिधिहरु नेपाली जन आन्दोलनका उपलब्धी र जनादेशको मर्म बिपरीत छन् भन्ने कुरा हामी औंल्याउँदछौं ।

यस दमनको क्रममा प्रहरीले ताकी ताकी र छानी छानी लाठ्ठी र लात्तीले हान्ने अपमानजनक तथा दमनकारी ब्यवहारमा परेर घाइते हुनु भएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा अखिल नेपाल किसान यूनियमा इञ्चार्ज क। लोक नारायण सुबेदी र नेपाल कम्युनिष्ट पार्टी ९क्रान्तिकारी माओबादी०का स्थाई कमिटी सदस्य तथा अखिल नेपाल किसान महाँसंघ ९क्रान्तिकारी०का अध्यक्ष क। सीताराम तामाङ लगायत प्रहरीको दमनमा परेका बिभिन्न पार्टी र मोर्चा तथा मञ्का नेता तथा सहयोद्धाहरु, आन्दोलनरत मीटरब्याज पीडित किसानहरु सबै माथिको अमानुषिक दमनको छानबिन गरी जिम्मेवारलाई कडा कारबाही गरिनु पर्दछ र सम्पूर्ण घाइतेहरुको राज्यले उपचार गर्नु पर्दछ भन्ने हामी जोडदार माग गर्दछौं ।

यस सन्दर्भमा एकातिर टाउकोमा ताकी ताकी लाडी प्रहार गर्ने र पक्राउ गरी हिरासतमा राखेपछि पनि कुटपीट गर्ने र अपमानजनक र अश्लिल गाली गलौज गर्ने जस्ता घोर अमानबीय कार्यतर्फ हामी मानबाधिकार आयोगको पनि गम्भीरुपमा ध्यानाकर्षण गराउँदछौैं र त्यस्ता दमनकारीहरुमाथि तत्काल कडा कारबाही गर्न पनि जोडदार माग गर्दछौं ।

अन्त्यमा, हामी मिटर ब्याज र लघुबित्त पीडितका शोषण र अन्यायका समस्याहरु कुनै आलेटाले, छल प्रपञ्च, अलमल नगरी बार्ताद्वारा पीडितको पक्षमा ठोसरुपम समाधान गर्न सरकारसँग पुनः जोडदार माग गर्दछौं र यसका लागि आन्दोलनरत पीडित पक्षलाई पनि जिम्मेवार बन्न आग्रह गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here