उपनिर्वाचनका लागि मध्यरातिदेखि मौन अवधि

86

काठमडौं– बारा, चितवन र तनहुँमा वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि निर्वाचन आयोगले बिहिबार मध्यरातिबाट प्रचारप्रसार गर्न नपाइने बताएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै आयोगले उक्त कुरा बताएको छ।

‘निर्वाचन आचारसंहिता, २०७२ मा निर्वाचनलाई स्वच्छ स्वतन्त्र, निष्पक्ष, विश्वसनीय पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने व्यवस्था गरिएको छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ, ‘उक्त व्यवस्थाबमोजिम आज मिति २०६० वैशाख ७ गतेको राति १२ बजेदेखि वैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने छ।’

 

मौन अवधिमा निर्वाचन प्रचार प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न मत मारत, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको आयोगले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here