साउदीले ३ महिना अवधिको अस्थायी कामदार भिसा कार्यक्रम ल्यायाे

42

काठमाडौं । साउदी अरेबियाले ३ महिना अवधिको अस्थायी कामदार भिसा कार्यक्रम ल्याएको छ। यो भिसा बिना कागजात र बिना श्रम प्रक्रिया सजिलै प्राप्त गर्न सकिने छ।

साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालय मातहतको क्विवा (अनलाइन प्लेटफर्म)का अनुसार भिसा स्वीकृत भएको दिनदेखि ३ महिनासम्म भिसावाहकले साउदीमा काम गर्न पाउँछन्। ३ महिनाको समय सकिएपछि आवश्यकता अनुसार फेरि त्यति नै अवधिको लागि भिसाको म्याद थप्न पाइने छ।

यो भिसा पाउन रोजगारदाता वा क्विका आयुक्तहरुले आवेदन पेस गरेको हुनुपर्छ। यो भिसामार्फत् छोटो समयका लागि कामदार मगाउन चाहने कम्पनी व्यावसायिक रुपमा दर्ता भएको र भिसा माग गरेको समयसम्म सक्रिय रहेको हुनुपर्ने छ।

यो भिसा भइसकेपछि काम गर्नको लागि वर्क परमिट र आवास अनुमति आवश्यक पर्दैन।

अनलाइन निवेदन दिएको लगत्तै भिसा जारी हुने बताइएको छ। जसको मान्य अवधि १ वर्षको हुनेछ। यसमा थप ‘डकुमेन्टेशन’को आवश्यकता नपर्ने बताइएको छ।

साउदीमा सञ्चालित कम्पनीहरुलाई तत्कालै, छोटो अवधिका लागि कामदार चाहिएमा भर्ति गर्न सजिलो होस् भनेर ३ महिने भिसा कार्यक्रम ल्याइएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here