काठमाडाैं । तनहुँ क्षेत्र नम्बर १ मा बुधबार दिउँसो आयोजित सत्ता गठबन्धनको चुनावी सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोल्दा बोल्दै बत्ती गएको छ।
बत्ती गएर माइक रोकिएपछि आयोजकले जेनेरेटर चलाए। जेनेरेटर चलाएर माइक अन भएपछि उनले देशबाट लोडसेडिङ अन्त्य गर्ने वचन पनि दिए। तर नेपाल विद्युत् प्राधकिरणले नेपालबाट यसअघि नै लोडसेडिङ अन्त्य भएको घोषणा गरिसकेको छ।
उनले जेनेरटर चलाइसकेपछि बोल्दै अब पनि देशमा सरकार आफूहरुकै बन्ने बताए। ‘सरकार अर्काको बन्दैन बन्ने हाम्रै हो, गर्ने हाम्ले हो’, उनले भने, ‘त्यसैले हामी काम गर्छौँ, लोडसेडिङ पनि हटाउँछौँ।’

















