काठमाडौं । द्वन्द्वग्रस्त मुलुक सुडानबाट ६ नेपाली सुरक्षाकर्मीको उद्धार गरिएको छ ।
सेनाका अधिकृत २ जना, प्रहरीका अधिकृत ३ जना र सशस्त्र प्रहरी बलका १ जना छन् । उनीहरु ६ जनालाई ‘युनाइटेड नेसन्स इन्टेग्रेटेड ट्रान्सिसन अडिस्टेन्स मिसन इन सुडान’ मा कार्यरत थिए ।
यो संयुक्त राष्ट्र संघको राजनीतिक मिसन हो । ‘दुई जना सैनिक अधिकृत सुडानको पूर्वी सहर पोर्थ सुडानमा पुगिसकेका छन् । तीन जना प्रहरी अधिकृत सुडानको पश्चिमी छिमेकी चाडमा पुगिसकेका छन्,’ सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले कान्तिपुरसँग भने,‘र एक जना सशस्त्रका अधिकृत दक्षिणी सुडानतर्फ गइरहेका छन् । सबै सुरक्षित छन् । र छिटै फर्कने छन् ।’
सुडानको राजधानी खार्तुममा त्यहाँको सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच झडप भएपछि अवस्था बिग्रँदो छ । जसलाई लिएर विभिन्न मुलुकहरुले त्यहाँ कार्यरत आफ्ना नागरिकहरुलाई उद्धार गरिसकेका छन् ।


















