सेनाको साइबर स्पेसमा हमला गरेको आरोपमा पक्राउ

38

काठमाडौं । नेपाली सेनाको साइबर स्पेसमा हमला गरेको आरोपमा पक्राउ गरेका युवक १ लाख धरौटीमा रिहा भएका छन्। स्याङ्जाको वालिङ नगरपालिका–१० का सागर ढकाल १ लाख धरौटीमा रिहा भएका हुन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश चन्द्रप्रकाश तिवारीको आइतबारको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतको आदेशपछि ढकाल १ लाख तिरेर रिहा भएको प्रहरीको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता पशुपति रायले जानकारी दिए।

गत चैतमा ढकाललाई ब्यूरोको टोलीले पोखराबाट पक्राउ गरेको थियो। नेपाली सेनाले आफ्नो साइबर स्पेसमा हमला भएको भन्दै अनुसन्धान गरी कारबाही गरी पाउँ भन्दै साइबर ब्यूरोमा उजुरी दिएको थियो। त्यसपछि साइबर ब्यूरोले पोखराबाट ढकाललाई पक्राउ गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here