निःशुल्क पाठ्यपुस्तकको छपाइ सुरु भएन

78

काठमाडौं । कक्षा १२ मा नयाँ भर्ना हुने विद्यार्थीले पठनपाठन सुरु भए लगत्तै पाठ्यपुस्तक पाउन कठिन हुने देखिएको छ । साउनबाट कक्षा १२ को नयाँ पठनपाठन सुरु गरिने तय भए पनि अहिलेसम्म पाठ्यपुस्तक छाप्ने सुरुवात नै नहुँदा विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक पाउन कठिन हुने देखिएको हो । कक्षा १२ को तीनवटा विषयको पाठ्यपुस्तक सरकारले छाप्ने छ तर पाठ्यपुस्तक लेखन कार्य पूरा गरेर प्रकाशनका लागि अन्तिम स्वीकृति दिइएको छैन ।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी गणेशप्रसाद भट्टराईले असार २५ गतेसम्म पाठ्यपुस्तक लेखन कार्य पूरा गरी प्रकाशनका लागि जनक शिक्षा सामग्री केन्द्रमा पठाउने गरी तयारी भइरहेको जानकारी दिए ।यसपटक सरकारले तीनवटा अनिवार्य विषय अङ्ग्रेजी, नेपाली र सामाजिक तथा जीवनोपयोगी शिक्षाका पुस्तक प्रकाशन गर्नेछ ।
गणित विषयको पुस्तक लेखन कार्य जारी रहेकाले केही समय लाग्ने जानकारी केन्द्रका अधिकारीहरूले दिएका छन् । उनले आफूहरूको तयारीअनुसार ढिलोमा पनि आगामी साउन १५ गतेसम्ममा विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउने योजना रहेको जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here