नेपाल रिपब्लिक मिडिया लिमिटेडले आइपीओको अनुमति पायाे

60

 

काठमाडाैं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ)को अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डबाट वैशाख ११ गते सोमबार कम्पनीले आईपीओ जारी गर्न स्वीकृति पाएको हो। कम्पनीले ४३ करोड ५३ लाख रुपैयाँबराबरको ४३ लाख ५३ हजार कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गर्नेछ।

कम्पानीले सेयर अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले निष्काशन तथा बिक्री गर्नेछ।

कम्पनीले गत कात्तिक २ गते आइपीओ जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएको थियो। कम्पनीको साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here