एमालेका अध्यक्ष ओलीलाई जन्मगाँउमा कालो झण्डा देखाएपछि

27

आठराई । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई जन्मगाँउ तेह्रथुमको आठराईमा कालो झण्डा देखाइएको छ। पहिचान पक्षधर आन्दोलनकारीले ओलीबिरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएका हुन्।

तेह्रथुम बहुप्राविधिक शिक्षलयको नवर्निमित भवन उद्घाटनका लागि ओली आठराई आएका हुन्। उक्त अवसरमा उनले होडागाँउ, टुडिखेल नागश्वरी लिफ्ट खानेपानी परियोजनाको शिलान्याससमेत गरेका छन्। प्राविधिक शिक्षालयको भवन निर्माणका लागि ओलीले आफ्नो पुर्खौली जमिन दिएका हुन्।

शुक्रबार बिहान पाँचथर सदरमुकाम फिदिमदेखि आठराई लागेका ओलीलाई पहिचान पक्षधरले बाटोमा अवरोध गर्ने प्रयास गरेका थिए। ओलीबरुद्ध नाराबाजी भएपछि युवासंघले पनि प्रतिकार गर्ने प्रयात्न गरेको थियो।

दुई पक्षबीचको नाराबाजीका बावजुत सुरक्षा घेरामा रहेर ओलीले कार्यक्रम लाई सम्बोधन गरे। कार्यक्रम सम्पन्न गरेर साँझ परेपछि ओली फिदिम फर्किका हुन्।

 

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बिकास बिरोधि तत्वहरुले आफूलाई अवरोध गर्न खोलेको बताए। ‘गाँउ गाँउमा प्राविधिक शिक्षा पुर्‍याउनुपर्छ भनेर निशुल्क जग्गा दिएर प्राविधिक शिक्षालयको भवन उद्घाटनमा आउँदा अवरोधको प्रयास भयो,’ ओलीले भने ‘शिक्षा, स्वास्थ्य र विकास चाहिँदैन भनेर उफ्रिनेहरू विकासविरोधी तत्व हुन्।’ समयको विकास क्रमसँगै त्यस्ता तत्वहरु कमजोर भएर जाने बताए।

प्रदेशको नाममा चित्त नबुझेको खण्डमा संसदमा दुई तिहाई बहुमत ल्याएर नाम संशोधन गर्न ओलीले चुनौती दिए। ‘तागत भए जनताबाट अनुमोदन भएर संसदमा आउनुहोस्,’ आन्दोलनकारीप्रति इंगित गर्दै उनले भने, ‘दुई तिहाई बहुमत पुर्‍याएर नाम संशोधन गरेर देखाउनुहोस्।’

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले बाल्यकालका साथीहरूलाई स्मरण गरे। बाल्यकालका साथीको नाम उच्चारण गर्दै ओलीले स्कुल पढ्दाका रमाईला किस्साहरु सुनाएका थिए।

ओलीबिरुद्ध नाराबाजी गर्ने आन्दोलनकारीलाई नियन्त्रण गर्दै सुरक्षाकर्मी। खानेपानी आयोजना शिलान्यास गर्दै ओली। तस्बिर : भीमकुमार बाँस्कोटा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here