कनेक्ट आईपीएस प्रणाली सम्मानित

55

काठमाण्डौं । नेपालको विद्युतीय भुक्तानी प्रवर्द्धनमा योगदान पुर्याएकोमा नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपीएस प्रणालीलाई नेपाल राष्ट्र बैंकले सम्मान गरेको छ।

नेपाल राष्ट्र बैंकको अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सम्बन्धन संस्थाहरुले सञ्चालनमा ल्याएका संयन्त्र/प्रणालीहरु मध्येहरुबाट बैंकको ६८ औं वार्षिकोत्सवका अवसरमा कनेक्ट आईपीएस प्रणाली सम्मानित भएको हो।

वार्षिकोत्सवको विशेष अवसरका दिनमा डिजिटल भुक्तानी प्रणालीका सेवाहरु संचालन गर्दै आइरहेका विभिन्न संघ संस्थाहरुलाई राष्ट्र बैंकले सम्मान गरेको हो।

बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल क्लियरिङ्ग हाउसलाई सम्मान पत्र प्रदान गरेका हुन्। राष्ट्र बैंकले चालू आर्थिक वर्षलाई विद्युतीय भुक्तानी प्रवर्द्धन वर्षको रुपमा मनाउँदै आएको छ।

कनेक्ट आईपीएस प्रणालीले नेपालको रिटेल भुक्तानीको क्षेत्रमा खेलेको उल्लेख्य भूमिका र यसमार्फत गर्दै आएको विद्युत्तीय भुक्तानी कारोबारले पारेको प्रभावलाई उच्च मूल्याङ्कन गरी उक्त सम्मान प्रदान गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here