प्रधानमन्त्रीले एसीसी प्रिमियर कप विजेता नेपाली टोलीलाई दिए बधाई

104

काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप विजेता नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।

उहाँले एक ट्विट गर्नुहुँदै खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारकोतर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री ‘प्रचण्ड’को निर्देशन बमोजिम माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खेलाडीहरूलाई हौसला बढाउन खेल मैदान पुग्नुभएको छ। साथै, जीतपश्चात् उहाँले सम्पूर्ण खेलाडीहरूलाई बधाई दिनुहुँदै जीतको खुसी साट्नुभएको हो।

यस्तै, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि ट्विट गर्नुहुँदै ‘फाइनलमा युएईलाई पराजित गर्दै एसीसी प्रिमियर कपको विजेता बनेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई। यस जीतसँगै एसिया कप प्रवेश गर्न सफल भएकोमा सबै खेलाडी, प्रशिक्षकलगायत सम्पूर्ण टिमलाई शुभकामना’ उल्लेख गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here