मुलुक असफल राष्ट्र बन्ने खतरा : केपी ओली

73
काठमाडाैं  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही सरकार रहिरहने हो भने देश टाट पल्टिने दाबी गरेका छन्।

मुलुकको अर्थतन्त्र ओरालो लागेको र अबको डेढ वर्षमा यो क्रम रोक्न नसक्ने हो भने मुलुक असफल राष्ट्र बन्ने खतरा रहेको ओलीको धारणा छ।

‘यो देश संकटमा छ। यही सरकार रहिरहने हो भने देश टाट पल्टिनु अनिवार्य छ, देश टाट पल्टिदैछ,’ एमाले काठमाडौं महानगर कमिटीले मंगलबार गरेको एक कार्यक्रममा ओलीले भने।

पैसा नभएकै कारण आयातमा कमी आएको देखिएको पनि ओलीले बताए।

‘पूर्ण रूपमा अर्थतन्त्र ओरालो लाग्यो। असफलतातिर लाग्यो भनेर प्रतिवेदन सार्वजनिक भएका छन्। डेढ वर्षभित्र अर्थतन्त्र सही अवस्थामा फर्काउन सकिएन भने देश असफल राष्ट्र बन्छ,’ ओलीले भने, ‘हा हा हुँ हुँ गरेर कुद्नेहरू, दुई/चार ढुंगा हानेर कुद्नेहरू, तिनलाई देशको के मतलब? तिनको समर्थनमा स्टाटस लेखेर हिँड्नेहरूलाई देशको के मतलब? तर तपाईं, हामीले मतलब राख्नुपरेको छ।’

खनिजजन्य, खानीजन्य उद्योगहरू, उत्पादनहरू ठप्पप्राय भएको ओलीले बताए। व्यवसायसमेत ध्वस्त अवस्थामा रहेको उनले बताए।

एमाले सरकारमा हुँदा ६ लेनका बाटा बनेकोसमेत ओलीको दाबी थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here