काठमाडौं । सरकारले वैशाख २४ गते संघीय संसद्को बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले वैशाख २४ गते संसद् अधिवेशन बोलाउने निर्णय गरेको हो।
सरकारले हरेक वर्षको जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ। बजेट ल्याउनु अगाडि राष्ट्रपतिले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यकम प्रस्तुत गर्नेछन्। NIMB यसअघि सरकारले वैशाख १५ गते संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो। हिउँदै अधिवेशन अन्त्य भएको १० दिनपछि बजेट (वर्खे) अधिवेशन सुरु हुन लागेको हो।


















