काठमाडौं । नेपाल प्रगतिशील मजदुर संघको आयोजनामा २०८० साल वैशाख १८ गते सोमबारको दिन काठमाडौंको घुम्बाराहीमा विश्व श्रमिक दिवस भव्य रुपमा मनाएको छ ।
अनिश्चित कार्य अवधिलाई ८ घण्टाको निश्चित कार्य अवधिको माग राखी अमेरिकाको शिकागोका मजदूरहरुले हड्ताल गरेका थिए, त्यस हड्ताललाई पूँजीवादी सरकारले गोली चलाई मजदूर नेताको हत्या गरे । कैयौं घाइते भए, अदालतमा मुद्दा चलाई कैयौंलाई फाँसीको सजाय दिइयो । यसबाट पनि उक्त आन्दोलनलाई दबाउन नसकेपछि मजदूरहरुको माग अनुसारको कार्य अवधि पूरा गर्न कर लाग्यो ।
सो पछि बसेको अन्तर्राष्ट्रिय मजदूर संगठनले मई १ तारिखको दिनलाई विश्व श्रमिक दिवसको रुपमा मनाउने निर्णय भएको हो र हाम्रो नेपालमा पनि सन् १९४७ (२००४ सालमा) विराटनगरका मजदूरहरुले हड्ताल गरेका थिए भने त्यस हड्ताललाई केही पूँजीवादी नेताहरुले सम्झौतामा टुङ्यायो ।
यसैले यी राष्ट्रिय, अन्तर्राष्ट्रिय वीर मजदूरहरु प्रति नेपाल प्रगतिशिल मजदूर संघ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र प्रमुख अतिथि नेपाल प्रगतिशिल मजदूर संघका केन्द्रिय इन्चार्ज गणेश कटुवालले राष्ट्रिय, अन्तर्राष्ट्रिय मजदूर आन्दोलनको बारेमा प्रकाश पार्दै अबको हाम्रो कान्तिको चरण भनेको हाम्रो देशको ऐतिहासिक सामाजिक स्थिति सामन्ति, अर्धसामन्ति भएको हुँदा हाम्रो देशको मुख्य समस्या भनेको कृषि समस्या हो र यस सामन्ति बन्धनलाई तोडी मजदूर वर्गको नेतृत्वमा मजदूर किसान एकताको आधारमा नयाँ जनवादी नेपालको गठन गर्नु हाम्रो प्रथम कर्तव्य भएर आएको छ भन्नु भयो ।
उक्त कार्यक्रममा संगठनका केन्द्रिय समितिका सदस्य लगायत अन्य मदजूर साथीहरुको उपस्थिति थियो ।


















