नेपाल प्रयोगमा नल्याएको कच्चा हिरा : सांसद चौधरी

57

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद विनोद चौधरीले नेपाल प्रयोगमा नल्याएको कच्चा हिरा भएको बताएका छन् । उनले अब उक्त कच्चा हिरालाई चम्काउनुपर्ने बेला आएको बताएका छन् । काठमाडौंमा आइतबार आयोजित नेपाल बिजनेस समिट उद्घाटन कार्यक्रम धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्–‘नेपाल एउटा प्रयोगमा अझै नल्याएको कच्चा हिरा हो, जसमाथि हामी बसेका छौँ । यो हिरालाई कसरी चम्काउने भन्ने कुरा अब हामीले जान्नै पर्नेछ। हामीले हेर्दाहेर्दै दुबई लगायतका देशले आफूलाई मरुभुमीबाट हिरामा परिणत गरे। तर हामी भने आफ्नै नाभिको कस्तुरी चिन्न नसकेर भौँतारीरहेका छौँ। देशभित्र र बहिर पनि नेपाललाई माया गर्ने उद्यमशील व्यक्तिहरुको अभाव छैन। उनीहरुलाई नेपालमा लगानी गर्दा आनन्दित महशुश गराउनु पर्दछ। नेपालमा विकासका लागि लगानी गर्नेहरुलाई सम्मान गर्नुपर्दछ मनै भित्रबाट। उनीहरुलाई छेकेर, रेन्ट सिकिङ गरेर होईन ।’

उनले नेपालले आर्थिक विकासको द्रुत अभियान सुरु गरिहाल्नुपर्नेमा जोड दिए । सांसद चौधरी अहिले युवाहरुको साथ रहने भएकोले आर्थिक विकासको अभियान थाल्नुपर्ने आवश्यकत्ता औंल्याएका हुन् । उनले थपे–‘नेपालले आर्थिक विकासको द्रुत अभियान अहिले नै सुरु गर्नुपर्छ किनकि हामीसँग यो अभियानका सारथि युवाहरुको बृहत् पंक्ति साथमा छ, १०–१५ वर्षपछि हामीले युवाहरुको यो जोश खोजेर पाउने छैनौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here