लालबहादुर भुजेलको ‘ठाडो भाकाको लोक सांस्कृतिक इतिहास’ बजारमा

55

काठमाडाैं । लेखक लालबहादुर भुजेलको किताब ‘ठाडो भाकाको लोक सांस्कृतिक इतिहास’ ले ठाडो भाकाको इतिहास खोतल्दै विभिन्न समयक्रममा यसमा योगदान पुर्‍याउनेहरूको चर्चा गरेको छ । किताबले ठाडो भाकामा अन्तर्निहित भाषिक संरचनादेखि यसले समेटेको ग्रामीण जनजीवनका अनेकन् विषयवस्तु पनि केलाएको छ ।

किताब ६ अध्यायमा बाँडिएको छ । पहिलो अध्यायमा गण्डकी क्षेत्रको परिचयदेखि ठाडो भाकाको उत्पत्ति, विकासक्रममा विशिष्ट योगदान पुर्‍याएका बौद्धसिं गुरुङ, मोतीलाल गुरुङ, बखतबहादुर गुरुङ, पञ्चसुब्बा गुरुङ, देउबहादुर दुरा, मनिराम दुरा, आफली घर्तिनीदेखि भेडिखर्के साइँला भनिने दीर्घराज अधिकारीसम्मको व्यक्तित्व र उनीहरूले ठाडो भाकामा पुर्‍याएको योगदानको चर्चा छ ।

दोस्रो अध्यायमा विभिन्न भेगमा गाइएका फरक शैलीमा ठाडो भाकाको चर्चा छ भने यसको पृष्ठभूमि र परिभाषा केलाइएको छ ।

तेस्रो अध्यायमा विभिन्न शीर्षकका ठाडो भाका छ, जसमा जनजीवनका अनेकन् पक्षदेखि सामाजिक कुरीति चिर्न गरिएका प्रयत्न र जीवनका सुख–दुःखको लय छ ।

चौथो अध्यायमा ठाडो भाकाका मुख्य स्रष्टाको परिवार–चित्र उतारिएको छ भने पाँचौं अध्यायमा ठाडो भाकाका रचनाको विश्लेषण गर्ने प्रयत्न गरिएको छ । अन्तिम अध्ययामा भने ठाडो भाका कसरी जगेर्ना गर्न सकिन्छ र यसको महत्त्व के छ भनेर प्रकाश पारिएको छ ।

 ठाडोभाकाको लोक–सांस्कृतिक इतिहासकाे चाँगुनारायण साहित्य समाजले प्रकाशन गरेकाे मूल्य  रु. ५००/– रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here