प्रतिनिधिसभामा विद्युतीय हाजिरीको व्यवस्था गर्ने निर्णय

54

काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूले अब विद्युतीय हाजिरी गर्नुपर्ने भएको छ। आइतबार बिहान बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले यही अधिवेशनबाट नै विद्युतीय हाजिरीको व्यवस्था गर्ने निर्णय भएको हो ।

योसँगै अब सांसद्हरूले इलेक्ट्रोनिक हाजिरी गर्नुपर्नेछ । पहिले सांसद्हरुले हाजिरी रजिष्ट्रारमा गर्दै आएका थिए ।

सभामुख देवराज घिमिरेले बैठकमा सांसदहरूको हाजिरी संसद्को वेबसाइटमार्फत् सार्वजनिक गरिने जानकारी दिएका थिए । इहाजिरी हुँदा सांसद्हरूको संसद्मा उपस्थिती बढ्ने अपेक्षा लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here