एजेन्सी । स्वास्थ्य विज्ञानको इतिहासमा यस्तो पहिलो पटक भएको छ । डाक्टरले गर्भमा हुर्किरहेको भ्रूणको दिमागको शल्यक्रिया गरेका छन् । यो शल्यक्रिया पूर्ण रूपमा सफल रह्यो । यसो गरेर डाक्टरले बच्चाको विकसित भइरहेको मस्तिष्कमा हुर्किरहेको एउटा घातक विकार हटाएका छन् ।
गर्भावस्थामा यसको उपचार गर्न सकिन्छ र साधरणतया एन्डोभास्कुलर एम्बोलाइजेसन नामको प्रक्रियाद्वारा यसको उपचार गरिन्छ । सर्जनले यस्तो खालको शल्यक्रिया पहिला नगरेका होइनन् तर गर्भाशय भित्रै गरिएको यो पहिलो पटक हो । युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनको रेखदेखमा उनीहरू भ्रूणको मस्तिष्कमा उच्च दबाब युक्त रक्त नलीलाई ब्लक गर्न सफल रहे । जन्मका बेला दबाब बढ्न नदिन यस्तो गरिएको थियो ।
शल्यक्रियापछि बच्चा जन्मियो र उनलाई कुनै समस्या भएन पनि । बोस्टन चिल्ड्रन हस्पिटलमा सेरेब्रोभास्कुलर सर्जरी एन्ड इन्टरभेन्सन सेन्टरका सह–निर्देशक तथा शोधका मुख्य लेखक डेरेन बी. ओरबेकले आफूले यस्तो अवस्थाका लागि अल्ट्रासाउन्डसँग सम्बन्धित विशेष प्रविधिलाई क्लिनिकल ट्रायलमा प्रयोग गरेको जानकारी दिए । उनले भने, ‘हाम्रो क्लिनिकल ट्रायलमा हामी जन्म अगावै ग्यालेन विकृतिका लागि अल्ट्रासाउन्डसँग सम्बन्धित ट्रान्स्युटेराइन एम्बोलिजेसनको प्रयोग गरिरहेका छौँ । सामान्यतया जन्मपछि देखिने समस्याहरू अब देखिएका छैनन्, यो देखेर हामी उत्साहित थियौँ ।’