पछिल्लो २४ घण्टामा थप ८१ जना कोरोना संक्रमित थपिए

93

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६५ पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ३२५ पुगेको छ।  देशभर हालसम्म ९६७ सक्रिय संक्रमित रहेका छन्।  गत २४ घण्टामा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७३ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here