काठमाडौँ–कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा दुई दिने थरुहट/थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय सम्मेलन सुरु भएको छ।
सम्मेलनको जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले उद्घाटन गरेका छन्। कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता रामजनम चौधरी पनि सहभागी छन्।
सद्भाव, न्याय र अधिकारका लागि भन्दै थरुहटले युवा दस्तासहित सम्मेलन गरेको हो।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा पूर्व मेचीदेखि पश्चिम महाकालीका थारु समुदायका व्यक्ति, पहिचानवादी राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिसहित ५० हजारको सहभागिता रहने आयोजकको दाबी छ।


















