काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य १ हजार २ सय रुपैयाँले घटेको छ ।
आइतबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १० हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख १० हजार ५० रुपैयाँ तोकिएको छ ।
आइतबार चाँदीको मूल्य भने २१ वैशाखकै मूल्य कायम गरिएको छ । आइतबार चाँदीको प्रतितोला मूल्इ १ हजार ४४५ रुपैयाँ तोकिएको छ ।

















