चर्च ब्वाइजकाे प्रायाेजक अपि पावर कम्पनी लिमिटेड

61

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग खेलिरहेको चर्च ब्वाइज युनाइटेड क्लबले अपि पावर कम्पनी लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ ।

ए डिभिजन लिगको १६औं चरण सञ्चालन भइरहँदा चर्च ब्वाइजले मुख्य प्रायोजक पाएको हो । चर्च ब्वाइज र अपि पावर कम्पनी लिमिटेडबीच मंगलबार मुख्य प्रायोजनका लागि सम्झौता भएको हो ।

अपि पावर कम्पनी लिमिटेडको तर्फबाट कम्पनीको कार्यकारी सञ्चालक सञ्जिव न्यौपाने र चर्च ब्वाइज युनाइटेडको तर्फवाट क्लवका अध्यक्ष टंकलाल राईले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि क्लबले अब अपि पावर चर्च ब्वाइज युनाइटेडको नामबाट विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुने दुवै पक्षद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

क्लबको पूर्वाधार विकास तथा खेलाडीको स्तरोन्नतीको लागि अपि पावर कम्पनी लिमिटेडले चर्च ब्वाइज युनाइटेडलाई सहयोग गर्ने छ । सम्झौता हाललाई एक वर्षको रहने र त्यसका नवीकरण गर्ने विकल्प पनि रहेको चर्च ब्वाइज क्लबले विज्ञप्तिमा जनाएको छ ।

यद्यपि दुवै पक्षले सम्झौता रकम भने खुलाएका छैनन् । अपिले खेलकुदको माध्यमबाट मुलुकको आर्थिक एवं सामाजिक रुपान्तरण गर्ने उदेश्यका साथ आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोग उपलब्ध गराउने जनाएको छ ।

बी डिभिजन च्याम्पियन बन्दै पहिलो पटक शीर्ष श्रेणीको ए डिभिजन लिग खेलिरहेको चर्च ब्वाइज १५ खेलबाट २७ अंक जोडेर शीर्ष स्थानमा छ ।

डेब्यु सिजनमै क्लबले राष्ट्रिय टिमका अन्जन विष्ट र अनन्त तामाङ जस्ता खेलाडीलाई अनुबन्ध गरेको थियो । क्लबले अनन्तको कप्तानीमा लिग खेलिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here