तीन नेपाली फिल्म शुक्रबारदेखि हलमा प्रदशन भएका छन् । दिनेश पाख्रिनको ‘टिनएज’, सविर श्रेष्ठ निर्देशित ‘कहिँ कतै’र पुरन थापा निर्देशित ‘पिरिम पर्या छन्’ । हलमा तिनै फिल्म व्यापारिक प्रतिस्पर्धा गर्न थालेका छन् ।
प्रेमकथामा आधारित चलचित्र ‘कहिँ कतै’ मा डेब्यु कलाकार सोनम बरफुङ्गपा र सिवानी गिरीको प्रमुख भूमिका रहेको छ भने चलचित्रमा दिलीप रायमाझी, किशोर खतिवडा, उमा ुबेबीु गिरीलगायतका कलाकारहरुको पनि अभिनय छ ।
द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ भने फिल्ममा निर्देशक श्रेष्ठकै लेखन रहेको छ । शिव ढकाल र बाबु श्रेष्ठको छायांकन र अर्जुन जिसीले सम्पादन गरेका छन् ।
‘टिनएज’ मा नरेश वीर सिंह, प्रतिक्षा खड्का, एन्जीला खड्गी, कृष्ण सिवाकोटी, सरिता राजभण्डारी, सरोज शाहलगायतका कलाकारको अभिनय रहेको छ ।
हेलेन पाख्रिनको प्रस्तुती ‘टिनएज’ लाई बिरु मगर, बुद्धिमान स्याङतान, चिनीमाया पाख्रिन र देविका खड्गीले संयूक्त रुपमा निर्माण गरेका हुन् ।
यस्तै फिल्म ‘पिरिम पर्या छन्’ मा दीलिप रायमाझी, जयकिशन बस्नेत, सुवास मेचे, रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला, चाँदनी कोइरालालगायतका कलाकारले अभिनय छ ।


















