अब रोबोट पनि ‘पोल डान्सर’

129

हेर्दा उनीहरू पनि वास्तविक नग्न नर्तकझैँ लाग्छन्, जो पोल वरिपरि घुमीघुमी नाचिरहेका छन् । तर ती नर्तक मानिस होइनन्, रोबोट हुन् । अमेरिकाको लस भेगासस्थित कन्जुमर इलेक्ट्रोनिक्स शोबाट निस्किँदै गरेका दर्शकलाई मनोरञ्जन दिलाउन रोबोटहरूले ‘पोल डान्स’ गरे ।
बेलायती कलाकार गाइल्स वाकरका उत्पादन हुन्, यी रोबोट नर्तक । उनले सर्भिलेन्स, शक्ति र नग्नतालाई अभिव्यक्त गर्न यस्तो रोबोट बनाएको जनाए ।

‘हामीले क्लब खोलेको १८ वर्ष भयो । त्यसैले हामीले केही नयाँ कुरा दिनुपर्छ भन्ने हामीलाई लाग्यो,’ उनले भने । रोबोटहरूको नाचले ग्राहकहरूबाट मिश्रित प्रतिक्रिया पायो । ‘मलाई लाग्छ, यो गतिलो उपाय हो,’ एक ग्राहकले भने । तर उनले आफूलाई वास्तविक मानिस मनपर्ने पनि खुलाए । ‘मलाई लाग्छ, अनौठो खालका चाहना भएका थुप्रै मानिसहरू छन, जो रोबोटप्रति आकर्षित हुन्छन् । तर वास्तविक मानिसको सुन्दरता, हाम्रो दिमागको क्षमता, हाम्रो कुराकानीको तरिका र शरीरको प्रयोगलाई कसैले जित्न सक्दैन,’ उनी भन्छिन् ‘रोबोटले मानिसलाई हामीलेजति आनन्द दिन सक्दैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here