त्रिवि पनिकामा अख्तियारका आँखा

100

काठमाडौं । त्रिभुवन विश्वविद्यालय मातहतको परीक्षा नियन्त्रण कार्यालयमा भएका अनियमित कामकारबाहीहरूका बारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण भएको बुझिएको छ ।

अख्तियार निकट स्रोतका अनुसार अख्तियारले पनिकामा सूक्ष्म अध्ययन प्रारम्भ गरिसकेको छ । नियन्त्रक पुष्पराज जोशीबाट भएका तमाम अनियमित गतिविधिहरूको बारेमा अख्तियारसमक्ष जानकारी पगेको छ । सूत्रका अनुसार सोही जानकारीका आधारमा अख्तियारले परीक्षा नियन्त्रण कार्यालयमा छानविन थाल्ने तयारी गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालयभित्र भएका निर्माण कार्यहरूका साथै अन्य सामान खरिदहरूमा समेत अनियमितता भएकोबारे अख्तियारको छानविन केन्द्रित रहेको बुझिएको छ । जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here