काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरुको नाम दिन राजनीतिक दलहरुलाई दिएको समय घर्किएको छ ।
गत आइतबार बसेको प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले प्रमुख सचेतक र सचेतक मार्फत सभामुख घिमिरेले तीन दिनभित्र समितिमा रहने सदस्यहरुको नाम दिन निर्देश गरेका थिए । तर, मंगलबारसम्म कुनै पनि राजनीतिक दलले सुनुवाई समितिमा रहने सदस्यहरुको नाम दिएका छैनन् ।
राजनीतिक दलहरुले समितिमा रहने सदस्यहरुको नाम नदिएका कारण सुनुवाइ समिति गठन हुन सकेको छैन् ।

















