सुनको मूल्य तीन सयका दरले बढ्याे

54

काठमाडौं ।  नेपाली बजारमा मंगलबार सुनको मूल्य थप ३०० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २०० पुगेको छ।

तेजाबी सुन १ लाख १० हजार ६५० कायम भएको छ। अघिल्लो कारोबार दिन सोमबार ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख  १० हजार ९०० मा कारोबार भएको थियो। यसअघि २१ वैशाखमा सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८०० पुगेको थियो।

सुनको मूल्य बढे पनि चाँदी भने स्थिर छ। आज प्रतितोला चाँदी १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here