ज्युँदा सहिद बनेपाका मुकेश कायस्थको निधन

67

काठामाडाैं । विसं २०६२–०६३ को जनआन्दोलनका ज्युँदा सहिद बनेपाका मुकेश कायस्थको निधन भएको छ। पत्रकार सिर्जना दुवालले कायस्थको बुधबार निधन भएको फेसबुकमार्फत् जानकारी दिएकी छन्।

जनआन्दोलनका क्रममा २७ चैत २०६२ मा प्रहरीले चलाएको गोली कायस्थको कञ्चटमा लागेको थियो।
गोलीका कारण उनी अचेत बनेका उनलाई ११ महिनासम्म अस्पतालमा राखिएको थियो।

बनेपाको विद्यासागर बोर्डिङ्ग स्कुलका विद्यार्थी मुकेशलाई गोली लागेपछि उनले आफ्नो अध्ययनलाई अगाडि बढाउन सकेनन्।

गोलीका कारण उनलाई पक्षघात भएको थियो, जसका कारण त्यसयता उनी हिँडडुल समेत गर्न सक्दैनथे।

बनेपामा भएको सो गोलीकाण्डमा आन्दोलनमा सहभागी अर्का युवा शिवहरि कुँवरले सहादत प्राप्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here