राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अग्रसरता अस्वभाविक

60

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आठ महिनाअघि प्रमाणीकरण नगरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अग्रसरता अस्वभाविक एवं संविधानको भावना विपरित रहेको बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले सो विधेयक निस्क्रिय भैसकेको र आवश्यक भए सरकारले नयाँ विधेयक संसदमा पेश गर्नुपर्ने धारणा राखेका छन् । अध्यक्ष थापाले भनेका छन्, ‘तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आठ महिनाअघि प्रमाणीकरण नगरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अग्रसरता अस्वभाविक एवं संविधानको भावना विपरित छ । सो विधेयक निस्क्रिय भैसकेको छ । आवश्यक भए सरकारले नयाँ विधेयक संसदमा पेश गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here