सेभेन ए साइड खुल्ला  फुटवल प्रतियोगिता जेठ ३ गतेबाट सुरु हुने

157

काठमाडौं । प्रथम मदन आश्रित स्मृति नकआउट  सेभेन ए साइड खुल्ला  फुटवल प्रतियोगिता जेठ ३ गतेबाट सुरु हुने भएको छ।

युवासंघ नेपाल पिपल्स भोलेन्टियर्सको आयोजनामा सन्चालन हुन लागेको यस प्रतियोगिता पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ। प्रतियोगिता जेठ ३ देखि ८ सम्म जी फोर ग्राउण्ड मनमैजुमा संचालन हुनेछ।

सहभागी हुन चाहने टिमले  सहभागिता शुल्कका रुपमा टिम दर्ता शुल्क ५००० बुझाउनुपर्नेछ। प्रतियोगितामा नेपालको सबै ठाउँका टिम सहभागी हुन पाउनेछन्।

प्रतियोगितामा  प्रथम हुने टिमले  शिल्डसहित रु ३ लाख, द्वितीय हुनेले २ लाख र तृतीयले रु १ लाख राशिको पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here