गोरखा । गण्डकी गाउँपालिका-६ घौचुरस्थित सडकमा बा.०१-०२५ च ६२०४ नम्बरको जिप सडकबाट करिब ७० मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा जिपमा सवार सोही ठाउँ बस्ने ७८ वर्षीया कीर मायाँ आलेको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
अन्य ५ जना घाइतेको सिएमसी अस्पताल भरतपुर चितनवमा उपचार भइरहेको छ । प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

















