निजी क्षेत्र मैत्री नीति लिए मात्रै देशको आर्थिक समृद्धि : सांसद वाग्ले

44

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लले सरकार निजी क्षेत्रमैत्री बन्नुपर्ने बताउनुभएको छ।

मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा बोल्दै वाग्लले सरकारले निजी क्षेत्र मैत्री नीति लिए मात्रै देशको आर्थिक समृद्धि हुने बताउनुभएको हो। उहाँले निजी क्षेत्र संग्लन नहुने क्षेत्रमा राज्यले लगानी गर्ने सरल सिद्धान्तबाट सरकार जानुपर्ने बताउनुभयो। उहाँले निजी क्षेत्र पखेटा फिँजाएर उड्नको लागि आवश्यक नीतिगत बाटोमा पहिल्याउनु आवश्यक रहेको बताउनुभयो।

उहाँले सरकारले निजी क्षेत्रमैत्री वातावरणका सम्भावनाका बारेमा बहस आवश्यक रहेको बताउनुभयो। उहाँले निजी क्षेत्रले सिर्जना गरेको रोजगारी, सरकारलाई तिरेको करबाट राज्यको ढुकुटी समृद्ध भएमात्रै कल्याणकारी राज्य धान्ने बताउनुभयो। उहाँले अब मुलुकका युवालाई देश निर्माणमा लगाउनुपर्ने बताउनुभयो। उहाँले डेमोग्राफिक प्रोजेक्शन अनुसार सन् २०२८ एजिङ सोसाइटीमा जाने भन्दै अबको पाँच वर्ष धैर्य गर्ने कसैसँग समय नहुने बताउनुभयो। उहाँले अबको १५ वर्षको मुलुकको अर्थतन्त्रको स्वरुपको कस्तो बनाउने भन्ने यकिन हुनुपर्ने बताउनुभयो।

उहाँले छिमेकी मुलुक आर्थिक रुपमा धेरै फड्को मारेको भन्दै विदेशी लगानी भित्रने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले नेपालले केही समयअघि आन्तरिक कलहको कारण विश्वका ठूला कम्पनीको लगानी नेपालका आकर्षण गर्न नसकिएको बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here